|

काठमाडौं सडकको दुरवस्थाले जोखिम बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए। त्यसको भोलिपल्ट सोमबार रोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्रीको कार्याललये निर्देश पालना गर्न निर्देश गरकेो छ।

‘प्रधानमन्त्रीको निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवलाई बोलाए काम गर्न निर्देशन दिएको छु’, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, ‘उहाँहरूले सोहीअनुसार काम गर्दै जानु हुनेछ।

उनका अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका दिनेश थपलिया, भौतिक योजना तथा यातायात मन्त्रालयका देवेन्द्र कार्की र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायलाई मन्त्रालयअन्तर्ग सडक निर्माण्णको काम गर्ने निकायलाई सक्रिय बनाएर काम गराउन निर्देशन दिइएको हो। 
सडकको दूरवस्था १५ दिनभित्र  हटाउने प्रधानमन्त्रीको निर्देशनानुसार नै काम अघि बढाएको उनले बताए।

‘१५ दिनमै सडक चिल्लो बनिहल्छ भन्ने त होइन’, सचिव घिमिरेले भने, ‘अहिलेको भन्दा धेरै हदसम्म सुधारका लागि काम गर्न अर्‍हाएका छौं।’

गत शुक्रबार सामाखुसीमा १३ वर्षीया बालिका सत्या सापकोटा नालीको भेलमा बगेकी थिइन्। यस्तै तारकेश्वर नगरपालिकाका सडकको नालीको भेलमा बगेर विनीता फुयाँलको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.