|

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्न सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने प्रतिक्रिया दिएका छन्।

कांग्रेसमा रिपब्लिकनले महिनौँदेखि किएभका लागि अर्बौँ डलरको सैन्य सहायतामा रोक लगाएपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ’, किएभ–संगठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड-२४ को भिडियो बैठकमा उनले भने। 

जेलेन्स्कीले सहायताबिना युक्रेनको अस्तित्व जोगाउन कठिन हुने बताए। युक्रेनले युद्ध हार्यो भने अन्य राज्यमा पनि हमला हुने उनले बताए । 

आइतबार दक्षिणी जापोरिज्जिया क्षेत्रको गुलियापोल शहरमा रुसी हमलामा तीन जनाको ज्यान गएको किएभले बताएको छ। त्यस क्षेत्रका प्रमुख इभान फेडोरोभले सामाजिक सञ्जालमा रुसी गोलाको प्रहारबाट ध्वस्त भएको आफ्नै घरको भग्नावशेषले किचेर दुई पुरुष र एक महिलाको मृत्यु भएको जनाएका छन्।

युक्रेनमा रुसले आक्रमण गरेको दुई वर्षभन्दा बढी भइसकेको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.