|

काठमाडौँ : धादिङको कृष्णभीरमा भएको दुर्घटनामा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान घाइते भएका छन्। 

पूर्वखानेपानी मन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्य चढेको गाडी सोमबार विहान धादिङको कृष्णभिरमा दुर्घटना हुँदा ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। खानको हात फ्याक्चर भएको छ।

उनी विहानै सचिवायलका सदस्यसहित बर्दिया जान लागेका वेला गाडी दुर्घटना भएको हो। अर्को गाडीलाई जोगाउने क्रममा उनी चढेको गाडी भित्तामा ठोक्किन पुगेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.