सीसी क्यामरा हेरेर अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

|

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेले बलम्बिुस्थित सशस्त्र प्रहरी बल नेपालको जिन्सी सामान राख्ने केन्द्रीय गोदाम घरमा भएको आगलागीका सन्दर्भमा सिसी क्यामरा हेरेर जाँच गर्न निर्देशन दिएका छन्।

आगाली भए लगत्तै घटनास्थलमा पुगेका उनले आगलागीको कारण पत्ता लगाउन र सिसी क्यामरा जाँच गर्न निर्देशन दिए। सो क्रममा गृहसचिव एकनारायण अर्यालसमेत सहभागी थिए।

प्रारम्भिक अनुमानमा विद्युत सर्ट भएर आगलागी भएको सशस्त्र प्रहरीले जनाएको छ। आज साँझ ५ बजे लागेको आगो केहीबेर अघि नियन्त्रणमा आएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए।

उनले क्षतिको विवरण सङ्कलन जारी रहेको र आवश्यक अनुसन्धान भइरहेको बताए। उक्त गादाम घरमा सशस्त्र प्रहरीका लत्ताकपडा लगायतका सामागी राखिएको थियो। सशस्त्र प्रहरीको त्यो अस्थायी गोदाम घर हो। बस्तीबीचमा रहे तापनि आसपासमा घर सुरक्षित रहेको उनले जानकारी दिए।

आगो नियन्त्रणका लागि नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.