|

काठमाडौं : नेकपा एमाले बैतडीले नेताहरुलाई छानीछानी कारबाही गर्न थालेपछि पार्टीपंक्तिमा हल्लिखल्ली मच्चिएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जिल्लाका १० मध्ये ७ वटा स्थानीय तहमा पराजय भोग्नु परेपछि अन्तर्घातको अभियोगमा नेताहरुलाई छानीछानी कारबाही गर्न थालिएको हो।

कारबाहीमा पर्नेहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ। पार्टीका जिल्ला इञ्चार्ज पुरनसिंह दयाल, जिल्ला अध्यक्ष सुरेन्द्र पाल, सभासद एवं पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारी, सात नं. प्रदेश कमिटी सदस्य परमानन्द भट्ट, माया भट्टलगायतका नेताहरुको उपस्थितिमा सोमबार बसेको बैठकले अन्तर्घात गर्नेहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।

बैठकले जिल्ला कमिटी सदस्यहरु नरेन्द्र भट्ट, प्रकाश साउद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कँुवर, कृष्ण साउद, प्रदीप बोहरा सुवोध, दलबहादुर ऐर, नागी धानुक र तस्बिर बोहरालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जिल्ला सचिव लिलाधर भट्टले जानकारी दिए। ‘चुनावमा अन्तर्घात गरेर पार्टीलाई कमजोर बनाउने नेताहरुलाई पार्टीबाट हटाएका छौँ,’ उनले भने। 

यस्तै पूर्व अञ्चल कमिटीका सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिह भाट, पार्टी स्कुल विभाग सदस्य लोकराज भट्ट, अखिल नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रकला साउद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठनका सहसचिव गणेश बोहरालार्ई समेत कारबाही गरिएको सचिव भट्टले बताए ।

बैठकले निर्वाचनको समीक्षा गर्दै जिम्मेवारीमा बसेर पार्टीलाई अन्तर्घात गर्ने अन्यमाथि पनि छानविन गर्ने निर्णय पनि गरेको छ। प्रत्येक स्थानीय तहका प्रमुखको अध्यक्षता बैठक बसेर वडा तहबाटै निर्णय गरी साउन १५ गतेभित्र त्यस्ता नेता÷कार्यकर्ताको नाम साउन १५ गतेभित्र जिल्लामा पठाउन बैठकले निर्देशन दिएको छ।

साथै बैठकले गोरखबहादुर चन्द, पञ्चेश्वर कुँवर, कर्णबहादुर कुँवरलाई जिल्ला कमिटीमा मनोनयन गरेको छ। 

कारबाहीमा परेका नेताहरु:
१ भगिरथ कुँवर
२ राजेश्वरी कुँवर
३ जानकी भाट
४ प्रकाश साउद
५ नरेन्द्र भट्ट (पञ्चेश्वर)
६ प्रदीप बोहरा
७ तस्बिर बोहरा
९ दल बड्ड ऐर
९ नर बड्ड विष्ट
१०  मोहन बराल
११ शंकरसिंह भाट
१२  कृष्ण साउद 
१३ चन्द्रकला साउद
१४ गणेश बोहरा
१५ लोकराज भट्ट
१६ देवसिंह कुवर 
१७ भानसिंह साउद

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.