नयाँ-नयाँ बिल भरपाइमा एकैचोटि निकासा

|

उदयपुर :  तीन वर्षअघि उदयपुरमा लागू भएको सुनौलो हजार दिनको कार्यक्रमको दुई करोड बजेट फ्रिज भएको छ। जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाको ११ वटा वडामा लागू भएको कार्यक्रमको बजेट फ्रिज भएको हो।

वडा सचिवहरुले काम नगर्दा ११ वटा वडाका विभिन्न बस्तीमा जाने २ करोड ७ सात लाख ३३ हजार फ्रिज भएको हो।

कार्याक्रम लागू भएका साविकको गाविसका वडा तथा बस्तिामा गठन गरिएको समूहमा जाने जम्मा ४ करोड ६४ लाख ६४ हजार मध्ये २ करोड ५७ लाख ३३ हजार मात्र खर्च भएको सुनौलो हजार दिन कार्यक्रममा कार्यक्रम अधिकृत राजकुमार खड्काले बताए। ‘वडाका सचिवहरुले समयमै काम गरिदिएन्न,’ खड्काले ‘स्थानीय सर्वसाधरणले पाउने पैसा अन्तमा नेपाल सरकारलाई फिर्ता भयो।’

सबैभन्दा बढी रकम बेलका नगरपालिकामा पर्ने साविकको गाविस मैनामैनीको फिर्ता भएको छ। खड्काका अनुसार मैनामैनीका साविकको गाविस सचिव लोकन्द्रबहादुर कार्कीले १ लाख ६१ हजार ६ सय मात्र खर्च गरेका छन् भने जम्मा ३६ लाख २२ हजार ९ सय ८९ मा ३४ लाख ६१ हजार ३ सय ८९ रुपैयाँ फ्रिज भएको छ।

कार्यक्रम लागू भएको साविकका कुन गाविसको कति फ्रिज?

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत खड्का अनुसार कटुञ्जेबबलाको जम्मा बजेट ४६ लाख ११ हजार ५ सय २७ मा ४३ लाख ४२ हजार ४ सय ३६ रुपैयाँ खर्च भएको छ। जसमा २ लाख ६९ हजार ९१ रुपैँया फिर्ता भएको छ। यसैगरी चौदण्डीको जम्मा ४२ लाख ९० हजार ३ सय ४४ मा ४० लाख १४ हजार ८ सय ९ मात्र खर्च भएको छ। जहाँ २ लाख ७५ हजार ६ सय ३५ फिर्ता भएको छ।

नामेटार गाविसको ४४ लाख ३१ हजार ६ सय २४ मा २४ लाख ८४ हजार ८ सय ९ मात्र खर्च भएको छ भने १९ लाख ४६ हजार ८ सय १५ रुपैँया फ्रिज भएको कार्यक्रम अधिकृत खड्काले बताए। यसैगरी खड्का अनुसार बाँसबोटो गाविसमा ३८ लाख ४२ हजार २ सय ८४ जम्मा बजेटमा २२ लाख ३० हजार २ सय ३१ रुपैँया खर्च भएको छ भने १६ लाख १२ हजार ५३ रुपैँया फिर्ता भएको छ।

ताम्लिछा गविसमा ३२ लाख २६ हजार ६ सय ७९ जम्मा बजेटमा १८ लाख २३ हजार ३ सय २० रुपैयँया खर्च भएको छ भने १४ लाख ३ हजार ३ सय ५९ रुपैयाँ समुहमा जाने पैसा नेपाल सरकारलाई फिर्ता भएको छ।

ठानागाँउमा २६ लाख २४ हजार ५ सय ८ मा १३ लाख ८७ हजार ५ सय ३१ मात्र खर्च भएको छ भने १२ लाख ३६ हजार ९ सय ७७ फ्रिज भएको छ। सोरुङ गाविसको जम्मा बजेट ३७ लाख १४ हजार २ सय १२ मा ३१ लाख २५ हजार २४ रुपैयाँ खर्च भएको छ भने ५ लाख ९९ हजार १ सय ८८ रुपैयाँ खर्च भएको छ।

अधिकृत खड्का अनुसार यसैगरी हर्देनीको ३७ लाख ८९ हजार १ सय १४ जम्मा बजेटमा ३५ लाख २५ हजार ९ सय ३६ रुपैँया खर्च भएको छ। जसमा २ लाख ६३ हजार २ सय ८ रुपैँया फिर्ता भएको छ।

यसैगरी मयाँखुमा ४० लाख ५९ हजार ८ सय जम्मा बजेटमा २६ लाख ३८ हजार ७७ रुपैयाँ मात्र खर्च भएको छ जसमा १४ लाख २१ हजार ७ सय २३ रुपैँयला फ्रिज भएको छ। यसैगरी बाराहा गाविसमा ४२ लाख २५ हजार ०५९ जम्मा बजेटमा २६ लाख ५२ हजार ५ सय ६७ रुपैँयामा खर्च भएको छ भने १५ लाख ७२ हजार ४ सय ९२ रुपैँया फिर्ता भएको छ।

मैनामैनीका साविकको गाविस सचिव लोकन्द्रबहादुर कार्कीले एक लाख ६१ हजार ६ सय मात्र खर्च गरेका छन भने जम्मा ३६ लाख २२ हजार ९ सय ८९ मा ३४ लाख ६१ हजार ३ सय ८९ रुपैयाँ फ्रिज भएको छ।

उनको कुल बजेट ३६ लाख २२ हजार ९ सय ८९ रुपैयाँ रहेको थियो। कार्कीले जम्मा निकाशा लिएको मध्ये ४ लाख ४२ हजार १ सयको अझै विलभरपाई जिल्ला समन्वय समितिमा प्राप्त नभएको समन्वय समितिका लेखा अधिकृत नारायणप्रसाद दुलाले बताए। ‘अहिलेका वडा तथा कार्यक्रम लागु भएको साविकका गाविस सचिवले समयमै समुह परिचलान गरेर काम गरिदिएको भए फ्रिज हुने थिएन,’ उनले भने ‘भर्खरै सम्पन्न स्थानीय तहको चुनाव र विभिन्न वाहानबाजी गर्दा बजेट फिर्ता भयो।’

कार्यक्रम अधिकृत खड्का र लेखा अधिकृत दुलालको हिसाब मिल्दैन

सुनौलो हजार दिनको कार्यक्रमा यस वर्ष उदयपुरमा कति फ्रिज भयो भन्ने कुरा अझै पनि यकिन छैन। सुनौलो हजार दिनको कार्यक्रम हेर्ने कार्यक्रम अधिकृत राजकुमार खड्काका अनुसार २ करोड ७ सात लाख ३३ हजार फ्रिज भएको छ। जिल्ला समन्वय समितिका लेखा अधिकृत नारायण प्रसाद दुलालका अनुसार १ करोड ३७ लाख ७९ हजार २ सय ६५ फ्रिज भएको छ।

दुवैको आ–आफ्नै तर्क छन। लेखा अधिकृत दुलाल भन्छन ‘राजकुमारजीले बिगार्नुभयो।’ यता कार्यक्रम अधिकृत खड्का भन्छन, ‘लेखामा हेर्नु पर्ने हुन्छ, के भयो त ? दुवैको तर्कमा विश्वास गर्ने ठाँउमा छैन। रोचक प्रशंग ११ वटै वडा तथा साविकका गाविस सचिवले पाउने प्रशासाकि खर्च ६४ हजार सवैले पहिलै किस्तामा खर्च गरिसकेका छन।

पहिलो र दोस्रो गरी दुई चक्रमा ३ किस्ता गरी भुक्तानी हुने कार्यक्रमको बजेटको बिल भरपाई आर्थिक वर्षको अन्तिमा एकै पटकमा जम्मा गरिएको छ। ‘विल भरपाई मिलाएर बजेट भिकी राख्ने प्रचलन समेत थियो,’ एक सचिवले भने, ‘यस पटक पनि रोकिएको हो।’

नयाँनयाँ बिल भरपाइमा रिर्चाज कार्डसमेत

सुनौलो हजार दिनमा आर्थिक अनियमिता भएको अनुमान बिलभरपाईबाटै लगाउन सकिन्छ। जिल्ला समन्वय समितिको आर्थिक वर्ष अन्त्य हुँदै गर्दा जम्मा भएका बिल भरपाइ हेर्दा। साविक ११ वटै साविकका गाविसबाट नयाँ नयाँ विल भरपाई जम्मा भएका छन। समन्वय समितिका लेखा अधिकृत नारायण प्रसाद दुलालका अनुसार प्रक्रिया पुरा भएर आएका विल भरपाई पास हुने गरेका छन। ‘मैले खासै कसैको पनि हिसाव जोड्ने गरेको छैन,’ उनले भने, ‘जति आउँछ त्यसलाई पास गर्ने गरेको छु, मलाई त्यतिवेला हेर्ने फुर्सद हुँदैन।’

गाविस तथा वडाका सचिवले समयमै काम नगर्ने आर्थिक वर्ष अन्त्यको वेला विल भरपाई बनाएर ल्याउने परिपार्टी छ। अर्कोतिर कार्यक्रमको निमावली अनुसार कोटेसनअनुसार सामन खरिद गर्नु पर्ने निमावली भएपनि कोटेशन समेत नक्कली तयार हुने गर्दछ।

आर्थिक बर्ष सकिनै लाग्दा समन्वय समितिले पानि राख्ने २ सय लिटरको टंयाकी (हिलटेक) सितल कम्पनीको २ हजार ५ सय रुपैयामा खरिद गरेको छ। जसको बजार मुल्य १ हजार ७ सय रुपैयामात्रै छ। त्यसगरि ३५ रुपैयाको सावुन ५० रुपैयाको विल बनेको छ। मूल्यमात्रै होइन १ सय ५० ग्रामको सावुन दिनु पर्नेमा सय ग्रामकोमात्रै दिइएको समुहको आरोप छ। यसैगरि किशोरीलाई दिने ५ सयको झोला ९ सय रुपैयाँको विल पेस भएको छ।

समाजिक शाखा प्रमुख राजकुमार खडका लगायत समन्वय समितिका कर्मचारीको संलग्नतामा तीन बर्षयता बर्षेृनी अनियमिता हुने गरेको स्रोतको दावी छ। ‘समान खरिद गर्दा कोटेशन नै गरिएको छैन’ एक अधिकृतले भने, ‘कोटेसन नै नभई खरिद गर्दा आर्थक अनियमिता गर्न सजिलो भएको छ।’

पछिल्लो पटक सामजिक शाखा प्रमुख खडकाकासँग आर्थिक लेनदेन नमिल्दा मैनामैनी गाविसका सचिव लोकेन्द्र बहादुर कार्कीबीच मनमुटावट भई मैनामैनीको ठुलो परिमाण बजेट फिर्ता भयो। साविकको गाविस सचिवले समेत किर्ते विल भरपाई ल्याउने र खर्च देखाउने गर्न थालेपछि स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले कार्यक्रम लागू भएका गाविसका सचिवलाई पत्र काटेर निकासा रोकेको बातए।

‘काम नगरिकन विभिन्न आरोप लगाउँदै निकाशा माग्न थालियो,’ उनले भने, ‘त्यसो भएपछि सुनौलो हजार दिनको कार्यक्रमको बजेट रोक्न बाध्य भएको हुँ, आर्थिक अनियमिता रोकेको छु।जुन कार्यक्रमको लागि भनेर गएको आर्थिक वर्ष बनाएका जनचेतनामूलक पर्चा पम्पेलेट, प्mल्यास वोर्ड सबै जिल्ला समन्वय समितिको कार्यलायमा थन्किएको छ।

के हो सुनौलो हजार दिन कार्यक्रम?

सुनौला हजार दिन कार्यक्रम विश्व बैंकको ऋण तथा अनुदान सहयोगमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट संचालित पोषण केन्द्रित कार्यक्रम हो। आयोजना मार्फत् स्थानीय समुदायमा बाल तथा मातृ कुपोषणलाई न्यूनीकरण गर्न आवश्यक वस्तु तथा सेवाको पूर्तिको लागि वित्तीय तथा प्राबिधिक सहयोग उपलब्ध गर्ने कार्यक्रम हो।

कार्यक्रममा व्यक्तिगत सरसफाइ गर्ने बानीमा सुधार (खाना अधि र पछि हात धुने तथा चर्पीको प्रयोग र प्रयोग पछि सावुन पानीले हात धुने, गर्भवती भएको अवस्थामा धुम्रपान नगर्ने, घरभित्रको धुवां र वायुप्रदुषणमा कम गर्ने, शुद्ध तथा सफा खानेपानीको प्रयोग गर्न सिकाइन्छ।

बालिकाहरूको पढाइमा निरन्तरता, कम्तीमा २ वा २ वर्षपछि मात्र पहिलो गर्भधारण, गर्भवती भएको अवस्थामा भोजनमा विविधता तथा सुक्ष्म पोषणको उपभोगमा वृद्धि, स्तनपानमा सुधार तथा ६ देखि २४ महिनाका बालवालिकाहरूको पोषणमा सुधार जस्ता कार्यक्रमहरु सञ्चालन हुनेछन्। कार्यक्रमको अवधि ५ वर्षको (सन २०१२ अक्टोवर देखि लागु भएको हो। कार्यक्रमा सञ्चालन गर्न विश्व बैंकबाट ४० मिलियन अमेरिकी डलर सहयोग उपलव्ध छ। त्यही कार्यक्रम उदयपुरमा पनि लागू भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.