|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ। आज (बुधवार) नेप्से परिसूचक १० दशमलव ७१ अंकले घटेर २ हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो।

आज ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ६१ हजार ४२० पटक खरिदबिक्री हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० रुपैयाँ बराबरको कारोबार भएको छ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३ र व्यापार समूह १ दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। 

सबैभन्दा धेरै वित्त समूह २ दशमलव ५० प्रतिशतले घटेको छ। बैंकिङ शून्य दशमलव ०३, विकास बैंक १ दशमलव २५, होटल तथा पर्यटन १ दशमलव ६७, जलविद्युत् शून्य दशमलव ०४ र लगानी शून्य दशमलव ४० प्रतिशतले घटेको छ। जीवन बीमा समूह १ दशमलव २५, लघुवित्त १ दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ७३, निर्जीवन बीमा समूह १ दशमलव ०४ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ।

मान्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ६९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १२ करोड ५४ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको २ लाख ५६ हजार ७०८ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.