|

भोजपुर : अरुण गाउँपालिका याकुकी ११ वर्षीया बालिकालाई गर्भवती बनाएर फरार भएका दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। २० वर्षका श्रेष्ठलाई प्रहरीले सोमबार धरानबाट पक्राउ गरेको हो। उनलाई भोजपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

बालिकालाई गर्भवती बनाउने श्रेष्ठ विरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जनाएका छन्। 

गएको पुसमा पहिलो पटक महिनावारी भएपछि यी बालिकाको नियमित महिनावारी रोकिएको थियो।  पेट बढ्दै गएपछि बालिकाले आमासँग दुर्गाले आफुलाई यौन सम्पर्क राखेको घटना बताएकी थिइन्। 

घटनाको विषयमा गाउँमै समाज भेला भएर युवकलाई बालिका जिम्मा लगाईएप नि बालिकाकी आमा दलित भएको भन्दै केटा पक्षका परिवारले जिम्मा नलिएपछि केटाले बालिकालाई धरान लगेर अलपत्र पारेपछि घटना सञ्चारमाध्यममा आएको थियो। 

यतिबेला भने बालिकालाई लिएर बालिकाका परिवार भोजपुर सदरमुकाममा आएर न्यायका लागि हात जोडी रहेका छन्। केटा पक्षकाले मुद्दा मामिलामा फसाउलास् भनेर बालिकाको परिवारलाई उल्टै धम्की समेत दिएको स्थानीय बताउँछन्। 

जर्बजस्ती करणीबाट रहन गएको गर्भ पतन गर्न सकिने प्रावधान रहे पनि गर्भ हुर्किएका कारण गर्भपतन गर्न नसकिने भएकाले सुरक्षित जन्म र बालिका र उनीबाट जन्मिने बच्चाको सुरक्षाको आवश्यकता रहेको महिला विकास अधिकृत पुस्पलता उप्रेतीले बताएकी छिन्। 

उप्रेतीका अनुसार यतिबेला थुप्रै संघसंस्थाले बालिका र उनीबाट जन्मिने बच्चाको पालनपोषण र शिक्षाका लागि सहयोग गर्ने आश्वासन आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.