|

काठमाडौं : ललितपुरको लुनिभा सेकेण्डरी स्कुलले दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। 

ललितपुर महानगरपालिका–२२ स्थित बुङमती स्वास्थ्य चौकी तथा स्थानीय सामुदायिक संस्थाहरुको व्यस्थापनमा तास्मनिया विश्वविद्यालय, अष्ट्रेलिया तथा बियोण्ड द बोर्डर लर्निङ्गलको सहयोगमा लुनिभा स्कूलमा उक्त शिविरको आयोजना गरिएको हो।

विशेषज्ञ चिकित्सकहरूबाट मंगलबार स्त्रीरोगसम्बन्धी परीक्षण गरिएको थियो भने  आज बालरोगसम्बन्धि स्वास्थ्य परीक्षण हुने स्कुल प्रशासनले जनाएको छ। 

 यस कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका परिवार समेत लाभान्वित हुने विद्यालय प्रशासनको विश्वास छ।  स्कूलमा आगामी दिनमा पनि यस्तै महत्वपूर्ण स्वास्थ्य शिविर तथा शैक्षिक कार्यक्रम हुने जनाइएको छ। 

यस्तै लुनिभा स्कुलमा अहिले प्ले ग्रुपदेखि कक्षा ८ सम्म भर्ना कार्यक्रम पनि चलिरहेको छ भने लगत्तै कक्षा ११ र १२ पनि सन्चालनमा आउने तयारी भइरहेको  स्कुल  प्रशासनले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.