|

काठमाडौं : नेपाली सेनाले पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ। शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त माग गरेको हो। 

सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले दुई हजार ५०५ रिक्त पदमा आवेदन मागेको हो। 

स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि.सुचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने सूचनामा उल्लेख छ। 

जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ। 

हेर्नुहोस् सूचना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.