|

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासमाथि सैन्य दबाब बढाउने चेतावनी दिएका छन्। भिडियो वक्तव्य जारी गरी  उनले गाजामा बन्धक बनाइएकाको रिहाइका लागि सैन्य दबाब बढाउन लागेको बताएका हुन्।

‘हाम्रा बन्धकहरूलाई मुक्त गर्ने यो एक मात्र तरिका हमासमाथि सैन्य र राजनीतिक दबाब बढाउनेछौँ’, उनले भने, ‘किनभने यो नै हाम्रा बन्धकहरूलाई मुक्त गर्ने एक मात्र उत्तम विकल्प हो।’

अन्तर्राष्ट्रिय आक्रोशका बावजुद नेतन्याहूले पटक-पटक दक्षिणी गाजा शहर रफाहमा इजरायली सेनाले जमीनी आक्रमण गर्ने बताउँदै आाएका छन्। रफाहमा अहिलेसम्म १५ लाखभन्दा बढी प्यालेस्टिनीले शरण लिइसकेका छन्। 

गाजा युद्ध चर्काएको हमासको अकल्पनीय आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार १७० जनाको मृत्यु भएको एएफपीलाई प्राप्त इजरायली आधिकारिक तथ्यांकमा उल्लेख छ।

उक्त आक्रमणपछि लडाकूले करिब २५० जनालाई बन्धक बनाएका थिए। इजरायलको अनुमानअनुसार गाजामा बाँकी रहेका १२९ जनामध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ।

इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा ३४ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.