|

उदयपुर : उदयपुरमै लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता नदेखिएको गुनासो त्रियुगा नगरपालिका जनप्रतिनिधिहरुले गरेका छन्। करुणा सामुदायिक हेरचाह केन्द्रले आयोजना स्वागत कार्यक्रममा सहभागि जनप्रतिनिधिले चिन्ता व्यक्त गरेका हुन। त्रियुगा नगरपालिकाका प्रमुख तथा १६ वटै वडाका वडाअध्यक्ष, नगर प्रमुखले समेत लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रिया आफूहरुले शून्य देखेको बताएका हुन्।

लागुऔषध नियन्त्रणमा प्रहरीले विगतमा गरेको प्रयासले लागुऔषध कारोबारी र सेवनकर्ताको संख्या घट्नुपर्ने ठाउँमा झन् बढ्न थालेको त्रियुागा नगरपालिका १६ का वडा अध्यक्ष मानबहादुर राईले बताए। ‘जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न समयमा लागुऔषधको लागि चलाएको अभियानमा लागुऔषध नियन्त्रण भएको देखिँदैन’ राईले स्वागत कार्यक्रममा भने, ‘चाँडै सुधार केन्द्रको स्थापना गरी सेवनकर्तालाई सुधार गर्दै लैजाने योजना अगाडि ल्याउनुपर्ने छ।’

राईकै शैलीमा त्रियुगाका १६ वटै वडा अध्यक्षहरुले लागुऔषध नियन्त्रणमा जनप्रतिनिधिहरु एक जुट हुने पर्ने बताएका छन। ‘सुरक्षा निकायसँग आबश्यक समन्वय गरी यसको रोकथामका लागि ठोस कार्ययोजना ल्याउनु पर्छ,’ त्रिनपा १ का वडा अध्यक्ष नविन चौधरीले भने, ‘स्थानीय स्तरमा मात्रै नभई राष्ट्रिय स्तरमै भएकाले माथिल्लो निकायमा नै नीति बनाउन पहल गर्नुपर्छ।’

पालैपालो बोल्नेक्रममा त्रिनपा १४ का वडा अध्यक्ष कुरुङ राईले जिल्ला प्रहरी कार्यलय विभिन्न गैर सरकारी निकायबाट विगतमा सञ्चालन भएका अभियान प्रभावकारी नदेखिएको आरोप लगए। ‘मेरो नजरमा प्रहरीले पनि पहिलाको जसरी लागुऔषध नियन्त्रणको नारा लगाएर हुँदैन,’ उनले भने, ‘जनप्रतिनिधिहरुको साथ लिएर प्रहरीले जागरुपता देखाउनुपर्छ।’

प्रेदशनम्बर १ का १४ जिल्लामा उदयपुर लागुऔषधको हिसावले पहिलो जिल्लामा पुगेको तथ्यांकले देखाएपछि सरकारवालाको भनाइ छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख बलदेव चौधरीले लागुऔषध ओसारपसार र सेवन न्युनिकरणका लागि नगरपालिकाले कार्ययोजना बनाएर अगाडी बढ्ने विश्वास व्यक्त गरेका थिए।चौधरीले लागुऔषध नियन्त्रणका लागि अली बढि घरपरिवार जवाफदेहि बन्नु पर्ने र परिवारबाटै मनोविमर्श आवाह्यक रहेको भन्द्र प्रहरीले भुमिका कडा बनाउने पर्नेमा जोड दिए।

‘कारोबारी कुनै न कुनै पार्टीको हुने भएकाले पक्राउ पर्न साथ छुटाउनका लागि प्रहरीलाई नेताहरुले दबाब दिने प्रचलन छ,’ नगर प्रमुख चौधरीले भने, ‘सवैभन्दा पहिला प्रहरी प्रमुखसँग बसेर यसको छलफल गरेर योजना बनाउन जरुरी छ।’ कार्यक्रममा करुणा सामुदायिक हेरचाह केन्द्रकी अध्यक्ष निरा राईले लागुऔषधको क्षेत्रमा जिल्लाको जर्जर अवस्था रहेकाले न्युनिकरणका लागि अभियानको थालनी गर्नु पर्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.