|


पर्वत : ‘इन्टरनेट’ तथा ‘कम्प्युटर’ र ‘कम्प्युटीङ’ उपकरणहरूको प्रयोग बढ्दै जाँदा कास्की जिल्लामा साइबर अपराध अन्तर्गत पर्ने घटनाहरूमा पनि वृद्धि भएको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुमार शर्माका अनुसार सामाजिक सञ्जालको दुरुपयोग र अनाधिकृत पहुँचमा कुल दुई सय २० वटा निवेदन परेका छन् भने अनलाइन ठगीमा एक सय ८८ वटा निवेदन परेका छन्। माघ, फागु र चैत महिना गरेर तीन महिनाको अवधिमा कुल चार सय आठ वटा निवेदनहरू दर्ता भएका हुन्।

सामाजिक सञ्जालको दुरुपयोग र अनाधिकृत पहुँच अन्तर्गत दर्ता भएकामध्ये एक सय ९९ वटा निवेदनलाई   तालुक कार्यालयमा पठाइएको तथा अनलाइन ठगी सम्बन्धी परेकामध्ये हालसम्म १५ वटा निवेदन फर्छ्यौट भएका छन्। सामाजिक सञ्जालको दुरुपयोग र अनाधिकृत पहुँच अन्तर्गत २१ वटा र अनलाइन ठगीका एक सय ७३ वटा निवेदनमाथि अनुसन्धान चलिरहेको पनि प्रहरी उपरीक्षक शर्माले बताए।

सामाजिक सञ्जाल सम्बन्धी अपराधबाट ९८ जना पुरुष, एक सय ११ जना महिला, चार जना बालक र सात जना बालिका गरेर दुई सय २० जना तथा अनलाइन ठगीमा एक सय १६ जना पुरुष र ७२ जना महिला गरेर एक सय ८८ जना पीडित भएका छन्। प्रहरीका अनुसार अहिलेसम्मको अनुसन्धानको क्रममा तीन महिनाको अवधिमा अनलाइनबाट ठगी भएको रकमको परिमाण दुई करोड, ५३ लाख, २१ हजार एक सय ३७ रहेका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.