|

काठमाडौँ : बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार नै अगाडि रहेका छन्। 

यसअघिको परिणाममा दोस्रो बनेको माओवादी फेरि तेस्रो स्थानमा झरेको छ भने कांग्रेसले केही मत बढाएर एमालेलाई पछ्याइरहेको छ। मतान्तर घटाए पनि एमालेभन्दा कांग्रेस झण्डै ६०० मतले पछि छ।

पछिल्लो सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारी २६३८ मतका साथ अगाडि छन्। नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले २०२४ र माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले १७१७ मत ल्याएका छन्। 

एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९६२ मत पाएका छन्।  शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना कडा सुरक्षाका बीच भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.