|

पर्वत : बिरामी भएर पोखरामा उपचार गराइरहेका आफ्‍ना श्रीमानलाई भेट्न हिँडेकी एक युवती झुक्किएर काठमाडौं पुगेकी छिन्। पर्वतको जलजला गाउँपालिका वडा नं. ७ की २३ वर्षीया शान्ति दर्जी झुक्किएर काठमाडौं पुगेकी हुन्। 

पोखरामा उपचाररत श्रीमान् सन्ते दर्जीलाई भेट्न भनी पर्वतबाट बसमा गएकी शान्ति ठाउँ चिन्न नसकेकै कारण  काठमाडौं पुगेकी उनका श्रीमान् सन्ते दर्जीले जानकारी दिए। उनका अनुसार शान्ति यस अगाडि पोखरासम्म पनि पुगेकी थिइनन्। 

उनी नजिक रहेका व्यक्तिसँग फोनमा कुराकानी गर्दा उनी काठमाडौ‌ं पुगेको पत्ता त लाग्यो, तर दुग्भार्यवस त्यसपछि अफ भएको उनको मोबाइल अझै स्विच अफ नै छ। 

उनका श्रीमान् भने अहिले आफ्‍नो उपचारपछि घर फर्किसकेका छन्।  आफ्‍नी श्रीमती अरुसँग बोल्न डराउने र परिवारका सदस्यको फोन नम्बर समेत बताउन नसक्ने भएका कारण चासोका साथ खोजी गरिदिन आग्रह गरेका छन्। 

आर्थिक रुपमा विपन्न रहेका दर्जी दम्पतीले म्याग्दी सदरमुकाम बेनीमा पत्रपत्रिका बाँड्ने तथा भारी बोक्ने काम गरी जिविकोपार्जन गर्दै आएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.