|

चितवन : पश्चिम चितवनको गीतानगरस्थित एक घरको इनार सफा गर्न गएका मजदुरको निसासिएर मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित नयाँ बस्तीका सोमबहादुर लोको घरमा रहेको इनार सफाल गर्न गएका स्थानिय ३६ वर्षीय रामकुमार रानाको आज निसासिएर मृत्यु भएको हो।

करिब ४० फिट गहिरो नारमा पसेका मजदुर रानाको अक्सिजनको अभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

बिहान ९ः४० बजे इनार सफा गर्न गएका उनी गएको केही समयपनि छै अक्सिजन नहुँदा बेहोश भएका थिए। स्थानीयबाट सो जानकारी आएपछि नेपाली सेनाको टोलीले दिउँसो उद्धारको प्रयास गरेपनि सफल हुन नसकेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

सेनाको टोली २५ फिट तल पुगेपनि अक्सिजन नहुँदा भित्र जान सकेन। त्यसपछि अक्सिजनसहित कुरिनटार स्थित ससस्त्र प्रहरीको विपद व्यवस्थापन टोली बोलाईएको थियो।

सो टोलीले आज साँझ ७ बजेतिर करिब ९ घण्टापछि उनको शव निकालेको प्रहरीले जनाएको छ। कुरिनटारबाट आउनुपर्ने भएकाले नारायणगढ मुग्लिन सडकको बाटो भएर आउँदा उनको उद्धार गर्न लामो समय लागेको हो। उनको शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.