|

काठमाडौं : स्थानीय तहमा खटाइएका कर्मचारीमा 'कार्यकारी'को विवाद उठेको छ। प्रशासन समूहका कनिष्ठ कर्मचारी स्थानीय तहको कार्यकारी अधिकृत हुने भएपछि अन्य समूहका कर्मचारी असन्तुष्ट बनेका हुन्। विवादका कारण शिक्षा, कृषि र वनजस्ता अन्य समूहबाट खटाइएका कर्मचारी स्थानीय तहमा जान मानिरहेका छैनन्। यसले गर्दा स्थानीय तहबाट हुनुपर्ने शिक्षालगायतका काम ठप्प छन्।

खासगरी शिक्षाा मन्त्रालयअन्तर्गतका उपसचिव र अन्य प्राविधिक मन्त्रालयअन्तर्गतका प्राविधिकले आफूभन्दा कनिष्ठमातहत रहनेगरी काम गर्न नमानेका हुन्। विज्ञहरुले भने कर्मचारी समायोजन नभई अन्तरिम व्यवस्थापन मात्र भएकाले अहिले वरिष्ठताको विवाद गर्न नहुने बताएका छन्।

निर्वाचन सम्पन्न भएका स्थानीय तहमा कार्यकारी अधिकृत सामान्य प्रशासन समूहका कर्मचारी खटाउने निर्णय सरकारले गरेको थियो। मन्त्रिपरिषद्को जेठ १९ को बैठकले 'स्थानीय तह सञ्चालनसम्बन्धी अन्तरिम आदेश जारी गर्दै प्रशासन समूहका कर्मचारीकै मातहत अन्य कर्मचारी हुने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.