उपप्रधानमन्त्री सहित ४ मन्त्रालयको प्रस्ताव आएको छ : अध्यक्ष थापा

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनमा सहयोग गर्ने निर्णय गरेको छ। काठमाडौंमा शुक्रबार केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले मधेसमा आन्दोलनरत शक्तिलाई चुनावमा सहभागी हुने वातावरण बनाउन संविधान संशोधनमा राप्रपा सकारात्मक रहेको बताए। 'संविधान संशोधनको विषयमा बैठकको सकारात्मक धारणा रहेको छ,  पार्टीभित्र रहेको असमझदारी र असहमतिलाई निराकरण गरेर सिंगो पार्टीलाई संविधान संशोधनमा एकतावद्ध गर्ने जिम्मा केन्द्रीय कार्यसम्पादन समितिलाई दिएको छ' उनले भने।

संविधान संशोधनको विषयमा पार्टीभित्र केही असन्तुष्टी रहे पनि केन्द्रीय समितिले निर्णय गरिसकेपछि सबैले मान्नुपर्ने अध्यक्ष थापाले दावी गरे। सरकारमा सहभागिताको विषयमा भने केन्द्रीय समिति बैठकले निर्णय नगरेको थापाले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिए। प्रधानमन्त्रीबाट प्रस्ताव आएमा प्रस्तावको औचित्य र पार्टी नीतिलाई आधार मानेर निर्णय गर्ने उनले बताए। बैठकले सरकारमा सहभागिताको विषयमा निर्णय गरेको छैन, प्रधानमन्त्रीबाट प्रस्ताव आएपछि प्रस्तावको औचित्य र पार्टी नीतिलाई आधार मानेर निर्णय गर्छौं' थापाले भने।

थापाले केही दिनअघि प्रधामन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र पार्टी पूर्व अध्यक्ष पशुपति शम्शेर राणासँग सरकारमा सहभागिताको विषयमा छलफल गरेको बताए। उक्त छलफलमा प्रम देउवा र माओवादी अध्यक्ष प्रचण्डले राप्रपालाई उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय दिने बताएको थापाले बताए। उहाँहरुले सरकारमा आउन आग्रह गर्नुभएको छ। उपप्रधानमन्त्री सहित ४ मन्त्रालय दिने कुरा गर्नुभएको छ विस्तृत कुरा हुन बाँकी छ' उनले भने। थापाले प्रस्ताव चित्तबुझ्दो आएमा सरकारमा जाने बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.