कुमारी बैंकमा रहेको खाता नम्बर ३५ २२ ५२ ४६ ९१ ३४ ०० १३ मा सक्दो रकम जम्मा गरिदिन वा मोबाइल नम्बर ९८१६५५४००८ मा फोन गर्न अनुरोध

|

दाङ : सल्यानकी ४९ वर्षीय इश्वरी विक अहिले उपचारका लागि दाङको कोहलपुरस्थित शिक्षण अस्पतालमा छिन्। उनको दुबै मिर्गौला फेल भएको छ। अस्पतालमा अहिले मिर्गौलाको डायलेसिस गराउने काम भइरहेको छ।

सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ तिमिले श्रीचौर उनको स्थायी ठेगाना हो। उनका श्रीमान् डिल्ली बहादुर विक पनि अहिले श्रीमतीको उपचारका लागि कोहलपुरमै छन्। थाहाखबरसँगको कुराकानीमा डिल्लीबहादुर आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण उपचारका क्रममा सबै रकम सकिइसकेको सुनाए।  

'२०७३ सालको जेठमा बिरामी परेर थला भएदेखि अहिलेसम्म कति खर्च भयो भन्ने हिसाब राखेर साध्य छैन्। उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पतालमा समेत लगेँ। त्यसपछि पत्ता लागेको हो मिर्गौला फेल भयो भन्ने,' पीडा सुनाउँदै उनले भने,' १४ लाख जिति सकिइसक्यो। अब मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ। श्रीमतीलाई लिएर यही साउन १४ गतेसम्म काठमाडौं जानुपर्नेछ।'

कामका शिलसिलामा विदेशमा रहेका डिल्लीबहादुर श्रीमती बिरामी भएपछि नेपाल फर्किएका थिए। उनले विदेशमा कमाएको सबै पैसा र आफ्नो सम्पत्ती श्रीमतीको उपचारमै सकिसकेको बताए।

काठमाडौं लैजाने भाडा भएन

उपचारका लागि साउन १४ गते भक्तपुर आउनुपर्ने छ। तर उनीसँग काठमाडौं आउनका लागि भाडा समेत छैन। काठमाण्डौ जान, बस्न र खानका लागि पैसाको अभाव रहेकोले डिल्ली निकै चिन्तामा छन्।

उनी त्रिवेणी गाउँपालिकाको ६ नम्बर वडा कार्यालयले आर्थिक सहयोग संकलनका लागी बनाइदिएको सिफारिस बोकेर सहयोगी हातहरु खोज्दै हिडिँरहेका छन्।

उनले सहयोग गर्न चाहने इच्छुक समूह, संस्था वा व्यक्तिलाई कुमारी बैंकमा रहेको खाता नम्बर ३५ २२ ५२ ४६ ९१ ३४ ०० १३ मा सक्दो रकम जम्मा गरिदिन वा मोबाइल नम्बर ९८१६५५४००८ मा फोन गर्न अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.