|

बागलुङ : रोजगारीका लागि कुवेत गएका बडिगाड गाउँपालिका–७ असारेका लक्ष्मण घर्तीको समुद्रमा डुबेर मृत्यु भएको छ। साबिकको भिमगिठे गाविस वडा नम्बर–६ का २५ वर्षीय घर्ती साथीहरुसँग नुहाउन समुद्रमा गएका थिए।

बिहीबार आफ्नो ड्युटी सकेर नुहाउन गएका उनको डुबेर मृत्यु भएको आफन्त सूर्य थापाले बताए। ४ वर्ष अघि कुवेत पुगेका उनी त्यहाँको एमईसीसी कम्पनीमा काम गर्थे। घर्तीका एक छोरी र श्रीमती छन्।

बडिगाड गाउँपालिका वडा नम्बर ७ बाट रोजगारीका लागि विदेश गएका २ जनाले एक महिनाको अन्तरालमा ज्यान गुमाएका हुन्। यसअघि जेठ अन्तिम साता बडिगाड–७ कै भिमबहादुर केसीको गाडीको ठक्करबाट साउदीमा मृत्यु भएको थियो।

२५ वर्षीय केसीको शव अहिलेसम्म आफन्तले पाएका छैनन्। एक महिनाको अन्तरमा आफ्नै गाउँका २ जनाको मृत्यु भएपछि पीडित परिवार तथा वडाबासी शोकमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.