|

भक्तपुर : काठमाडौंबाट भक्तपुरतर्फ आइरहेको बा २ क १२१३ नं. को मिनि ट्रिपरले मध्यपुर थिमी नगरपालिका १ कौशलटारस्थित अरनिको पेट्रोल पम्प अगाडि सोही दिशाबाट आइरहेको बा ७७ प ४२२० नं.को मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

मृत्यु हुनेमा काठमाडौं कीर्तिपुर बस्ने वर्ष १८ की अश्मी सुनार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। घटनामा घाइते भएका उनलाई उपचारका लागि गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनामा घाइते मोटरसाइकल चालक काठमाडौं कीर्तिपुर बस्ने वर्ष २२ को हरि गहतराजको नागरिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुवै सवारीसाधन र ट्रिफर चालक भक्तपुर नगरपालिका ९ बस्ने वर्ष ३२ का जीवन ज्याठालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.