|

गोरखा : रोटरी क्लब अफ गोरखा र रोट्रयाक्ट क्लब अफ गोरखाको वर्ष २०१७/०१८ को नयाँ नेतृत्वको पदस्थापन भएको छ। रोटरीका वर्ष २०१६/०१७ का अध्यक्ष शंकर पोखरेलबाट नयाँ अध्यक्ष किशोरजंग थापालाई पदहस्तान्तरण भएको हो।

त्यस्तै, प्रेसिडेन्ट नोमिनीमा कृष्णप्रसाद ढकाल, शरद कट्टेल, भाइस प्रेसिडेन्टमा काशीनाथ अम्गाईको पदस्थापन भएको छ। अध्यक्ष बनेका थापा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोरखाका अध्यक्षसमेत हुन्। सेक्रेटरीमा कृष्ण ढकाल, ट्रेजरर पदमा ज्ञानहरि अर्याल, जोइन्ट सेक्रेटरीमा रामहरि केशी, क्लब एडमिनिस्ट्रेसन डाइरेक्टरमा भरतकुमार श्रेष्ठले पद बहाल गरे।

त्यसैगरी मेम्बरसिप  डाइरेक्टरमा प्रदीप खनाल, पब्लिक रिलेसन डाइरेक्टरमा विनोद कुमार बस्नेत, सर्भिस प्रोजेक्ट डाइरेक्टर रामश्वरुपले पदभार ग्रहण गरेका छन्।त्यस्तै रोट्रयाक्ट क्लव अफ गोरखाको नयाँ कार्यकालका लागि बुद्धि जोगीले पदभार ग्रहण गरेका छन्। 

रोट्रयाक्टको प्रेसिडेन्ट इलेक्टमा दीपेशसिंह बस्नेत, प्रेसिडेन्ट नोमिनीमा मन्दिरा बस्नेत, भिपीमा मोहसिन अलि मिया, भिपी नोमिनीमा दीपेन्द्र पुडासैनी, सेक्रेटरीमा फिलिप कँडेल, ट्रेजररमा विपिन पोखरेल सहितको १५ जनाको पदस्थापन भएको निवर्तमान अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए। त्यस्तै, यही साउनको २७ र २८ गते देशैभरीका रोट्रयाक्ट क्लबका पदाधिकारीहरुको गोरखामा प्रेसिडेन्ट नाइट कार्यक्रमसमेत हुने जानकारी  गराइको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.