|

काठमाडौं : दोस्रो चरणमा निर्वाचन भएका ३३४ स्थानीय तहमध्ये १५१ स्थानीय तह (अध्यक्ष/प्रमुख) मा जित हात पार्दै पहिलो भएको नेकपा एमाले वडा तहसम्म नै पहिलो दल बन्न सफल भएको छ। निर्वाचन भएका २८७४ वडामध्ये २८७३ वटाको नतिजामा एमालेले १२०९ वडाध्यक्ष जितेको छ। यस्तै कांग्रेसले १०३६ तथा माओवादी केन्द्रले ४०८ वडाध्यक्ष जितेका छन्।

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका ६ का जनताले भने पूर्णरुपमा चुनाव बहिष्कार गरेकाले त्यस वडाको नतिजा आएको छैन।

वडाध्यक्ष जित्नेमा चौंथो दल संघीय समाजवादी फोरम, नेपाल बनेको छ। उसले ७१, फोरम लोकतान्त्रिकले ५४, स्वतन्त्रले ३१, राप्रपाले २९, राष्ट्रिय जनमोर्चाले १८, नयाँ शक्ति र बहुजन शक्ति पार्टीले समान ७ तथा नेकपा माले, राष्ट्रिय जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १/१ वडाध्यक्ष जितेका छन्।

दोस्रो चरणको चुनावमा १२ वटा दलले मात्र कुनै न कुनै पदमा जित हात पारेका छन्। ८० वटा दल चुनावी मैदानमा रहेकोमा ६८ वटाले कुनै पनि पदमा जित हान पारेनन्।

हेर्नुहोस्, कुन दलले कुन पदमा कति जित हात पारे ?

स्थानीय तहको निर्वाचनका विजयीसहित सम्पूर्ण उम्मेदवारहरु र उनीहरुले प्राप्त गरेको मत थाहाखबरको लेक्सन पोर्टलमा हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.