|

दाङः गत जेठ २६ गते अपहरणमा परी हत्या भएका घोराही उपमहानगरपालिका– १२ का २८ वर्षका रणबहादुर घर्तीको शव मृतकका परिवारले बुझेका छन्।

मृतकका परिवार र स्थानीय प्रशासनबीचको लगातारको छलफलपछि मृतकका परिवार शव फेला परेको १४ दिनपछि शव बुझ्न तयार भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। 

मृतकका परिवार र स्थानीय प्रशासनबीच मृतक घर्तीका दुई छोराको उचित शिक्षादीक्षाको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी दिलाउने र राज्यले दिन सक्ने क्षतिपूर्ति दिलाउने सहमतिमा मृतक परिवारले सोमबार शव बुझिलिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए। 

हत्या भएको करिव एक महिनापछि फेला परेको घर्तीको शव विभिन्न मागहरू राख्दै परिवारले बुझ्न मानेको थिएन। परिवारले शव बुझेको र मंगलबार नै अन्त्येष्टि गरिएको परिवारिक स्रोतले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.