|
प्रतीकात्मक तस्विर

पोखरा : हिउँदभरि गाडी चल्ने गोरखाका ग्रमीण सडक वर्षा लागेपछि सुनसानजस्तै हुन्छन्। जिल्लाका ग्रामीण भेगलाई सदमुकामसँग जोड्ने सडकमा यतिखेर गाडी त परैजाओस्, मानिससमेत हिँडडुल गर्न अप्ठ्यरो हुन्छ।

नालासमेत नभएका अधिकांश कच्ची सडक हिउँदभरि मर्मत गरिन्छन्। गाडी चल्छन् पनि। जब वर्षा सुरु हुन्छ, कच्ची ग्रामीण सडक हिलाम्मे र खाल्डाखुल्डीमय हुन्छन् अनि गाडी नै चल्न नसक्ने बन्छन्।अधिकांश ग्रामीण सडक गाडी गुड्न नसक्ने भएको यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष रामहरि केसीले बताए। ‘केही रुटमा मात्रै हाम्रा बस चलेका छन्, धेरैजसो बन्द गर्दै आएका छौं।’

कच्ची सडकमा गोरखा यातायातका एक सय १० बस चल्छन्। ‘छिटपुट गाडी चलेका छन्। पानी परेको दिन ठप्पै हुन्छ’ उनले भने लगातार घाम लागेमात्रै गाडी चल्छन्। कच्ची सडक मर्मत नगरेसम्म सार्वजनिक यातायातको सेवा नियमित हुन नसक्ने यातायात व्यवसायीको भनाइ छ।

शहीद लखन गाउँपालिका–७ का अध्यक्ष शरण श्रेष्ठले ऋण काढेर बाटो मर्मत गर्न लगाए। ‘६ लाख रुपैयाँमा मर्मतसम्भार गरियो’, उनले भने, ‘ठूलो पानी आए बन्द भइहाल्छ।’भीमसेन गाउँपाकिाका वीरेन्द्र श्रेष्ठल भने, ‘दुई घण्टा लाग्ने बाटो बिग्रेर ४ ५ घण्टा लाग्ने भएको छ।’

भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम पनि वर्षाले कच्ची सडक अवरुद्ध भएपछि प्रभवित भएको छ। ‘पानी पेर बाटो पहिरो र खाल्डाखुल्डीले अवरुद्ध भएको छ’, धार्चे गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङले भनिन्, ‘एम्बुलेन्समा राखेर बिरामी अस्पतालमा लैजानसक्ने अवस्था पनि हुन्न। बाटाकै कारण दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रील्याउन नसकेको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.