|

गुल्मी : मुसिकोट नगरपालिका पौदीअमराईकी ३५ वर्षीया गीता नेपालीलाई बाग्लुङ राक्सेका १८ वर्षीय हिरा बलामी मगरले हत्या गरी बडीघाट खोलामा फालेको खुलेको छ। 

बडीगाड गाउँपालिका– २, राक्से गाउँका मगर र गुल्मीको इस्मा घर भएकी उनी श्रीमानसँग छुट्टिई तीन सन्तानसहित पौदीअमराईमा रहेको माइतीमा बस्दै थिइन्। गीता र मगरबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ।

'विवाह नगरे अब उजुरी गर्छु' भनेर गीताले दबाब दिएपछि उनको हत्या गरेको खुलेको वाग्लुङ जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रकुवेर खातुनले जानकारी दिए। 'जात र उमेर नमिलेका कारण हत्या गरेको देखिन्छ', खातुनले भने। मगरले असार २५ गते राति गीताको हत्या गरी खोलामा फालेको प्रहरीले बताएको छ।

गीताको शव असार २६ गते विहान गुल्मी र बाग्लुङ सिमाना खर्वाङस्थि बडीघाट खोला किनारमा फेला परेको थियो। घटनाका दिन अभियुक्त मगर, मृतक गीता र उनकी भाउजु सीता नेपाली बसेर राति ८ बजेसम्म मदिरा सेवन गरेको प्रहरीले जनाएको छ। 
   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.