|

  • रमेश रावल

कालिकोट : कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्डमा ५३ स्थानमा पहिरो गएको छ। दैलेखको किटुुदेखि कालिकोटको दैखोला (एस मोड) सम्म नै ४३ ठाउँमा पहिरो गएको छ भने बाँकी अन्य ठाउँमा गरी ५३ ठाउँमा पहिरो गएको हो।

‘कहीँ त हिँड्ने बाटोसमेत छैन,’ स्थलगत अनुगमनमा सोमबार दैखोला पुगेर फर्किएका कालिकोटका प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले भने, ‘भिरालो जमिउँ–ठाउँ भासिएर पूरै सडक अवरुद्ध छ।’

थप वर्षा नभए किटु–दैखोला खण्डको पहिरो हटाएर २÷३ दिनमा सवारी सुचारु गराउन सकिने निमित्त प्रजिअ राजेन्द्र श्रेष्ठले बताए। यस खण्डमा पहिले पनि सडक विभागअन्तर्गतको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्ट (आरएसडीपी) ले पहिरो बग्ने ठाउँ भनेर सडक स्तरोन्नति गर्न छाडेको थियो। 

सातवटा पुल अधुरै

कर्णाली राजमार्गमा ७ वटा पक्की पुल अझै बनिसकेका छैनन्। कतिपय पुलको सम्झौता सकिए पनि काम आधा छाडिएको छ। ठूलो पानी परेका बेला कतिपय खोला तर्न नसकेर गाडी रोकिन्छन्।

सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले सम्झौता गरेका दैलेखको असराघाट, घट्टेखोला, कालिकोटको टाकुल्ला, खल्लागाड पुलको निर्माण अवधि नाघिसकेको छ। कालिकोटको सिम्लेगाढ, बाली, माथिल्लो खल्लागाडमा पनि पुल निर्माण नसकिएको डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.