निधिको दवाबमा नाम काटिएको दाबी

|

काठमाडौँः शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ५० दिनमा मन्त्रिपरिषद् बिस्तार भएको छ।

बिस्तारित मन्त्रिपरिषद्मा कांग्रेसका तर्फबाट १० जनाको नाम मन्त्रीमा सिफारिस गरिएको छ। सिफारिस गरिएका नामहरु देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का निकटका सांसदहरु रहेका छन्।

देउवा समूहबाट मन्त्रीमा केन्द्रीय सदस्य अम्बिका बस्नेतलाई सहकारी तथा गरिबी निवारण, मीन विश्वकर्मालाई वाणिज्य, वीरबहादुर बलायरलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, महेन्द्र यादवलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी पौडेल निकट केन्द्रीय सदस्य रामकृष्ण यादवलाई कृषि, सांसद यज्ञबहादुर थापालाई कानुन, न्याय तथा संसदीय व्यवस्था, सञ्जय गौतमलाई सिँचाइ र राजेन्द्रकुमार केसीलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

नेता सिटौलाको सिफारिसमा सांसद भीमसेनदास प्रधानलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेता खड्काको सिफारिसमा मोहनबहादुर बस्नेतलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अन्ततः काटियो जोशीको नाम
देउवा निकट मानिने पर्वत क्षेत्र नं. १ बाट संविधानसभामा निर्वाचित अर्जुनप्रसाद जोशीको नाम मन्त्रीबाट अन्तिममा काटिएको छ। 

उनको नाम देउवा समूहका प्रभावशाली नेता विमलेन्द्र निधिको दवाबमा अन्तिममा आएर काटिएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ।

उनको नाम काटिएपछि निधिले गृहजिल्ला धनुषाका समानुपातिकतर्फका सांसद महेन्द्र यादवलाई मन्त्री बनाउन देउवालाई दवाब दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.