|

  • लक्ष्मी काफ्ले

बिर्तामोड : दुवै मिर्गौला खराब भएका झापा बिर्तामोड-१ का ५० वर्षीय खड्गबहादुर लिम्बू कन्दङ्वा विगत ९ महिनादेखि थलिएका छन्।

मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका उनी थलिएपछि परिवारको भरणपोषण र उनको उपचार खर्च जुटाउनसमेत मुस्किल परेको पत्नी बुद्धमाया बताउँछिन्। बिर्तामोड–१ सुकुम्वासी टोलका बासिन्दा उनी माइला नामले चिनिन्छिन्।

स्वास्थ्य अवस्था बिग्रदै गएपछि केही दिनदेखि उनको मिर्गौलाको डायलासिस सुरु भएको छ। चिकित्सकले जतिसक्दो चाँडो मिर्गौला फेर्ने सल्लाह दिएका छन्। तर पैसा जुटाउने कुनै उपाय नभएका कारण तनावमा छन्। ‘मिर्गौला नफेरी म बाँच्दिन, त्यसका लागि पैसा चाहिन्छ, पैसा छैन,’ माइलाले भने, ‘मेरो जीवन तपाईंहरुको हातमा छ, सहयोग जुटाएर बचाइदिनुहोस्।’ 

उनी अहिले मिर्गौला दानका लागि आफन्तजनलाई हारगुहार गरिरहेका छन् भने रकम जुटाउनका लागि उनी सहयोगको याचना गरिरहेका छन्। लामो समय गाडी चालकको काम गरेका माइला पछिल्लो समय बिर्तामोड नगरपालिकाको बारुण यन्त्रका कर्मचारी थिए। बिरामी परेर थलिएपछि त्यो कामसमेत उनले छाडेका छन्। कांग्रेसका सक्रिय सदस्य माइला तरुण दल बिर्तामोडका सल्लाहकार हुन्।

सामाजिक क्षेत्रमा क्रियाशील लोकबन्धु कन्दङ्वा, मदन गोपाल सुब्बा लगायतको अगुवाईमा ‘खड्ग लिम्बू माइला बचाउ समिति’ बनाएर अभियान सुरु गरिएको छ। बुधवार माइलाकै निवासमा भेला भएका सामाजिक अगुवाले उनको जीवन बचाउनका लागि लक्ष्मण खड्काको संयोजकत्वमा समिति गठन गरेका छन्। समितिको सचिवमा मदन गोपाल सुब्बा र कोषाध्यक्षमा धनराज योङहाङ छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.