|

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दलीय आधारमा गठन भएका निजामति कर्मचारी संगठन विघटन हुनुपर्ने बताएका छन्। मुलुकमा भएका राजनीतिक दलकै संख्यामा कर्मचारी भित्र पनि संगठन बनाउनु दुखद  भन्दै विघटन हुनुपर्ने बताएका हुन्।

सूर्योदय नगरपालिका इलामले शनिबार काठमाडौंमा गरेको अन्तर्क्रियामा नेता खनालले विगतमा राजनीतिक अभिष्ठ पूरा गर्न खोलिएका दलीय कर्मचारी संगठनको आवश्यकता अब नहरेको स्पष्ट पारे। उनले अब सबैले मुलुकको विकासको लहरलाई आत्मसाथ गर्दै जनताको एजेन्डालाई प्राथमिकतामा राख्नुपर्ने बताइ। स्थानीय तहको निर्वाचन पश्चात देशभरी नै विकासको लहर छाएको दावी उनले गरे।

स्थानीय तहमा चुनिएका जनप्रतिधिका सामु थुप्रै सम्भावना र चुनौति रहेको भन्दै नेता खनालले जिम्मेवारीलाई गहनतापूर्वक निर्वाह गर्न सुझाव दिए।

स्थानीय तहले स्थानीय सरकारको सम्पूर्ण अधिकार पाएकाले कार्यापालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार प्रयोग सुझबुझका साथ गर्नुपर्नेमा उनले जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.