|

बागलुङ : पुष्पलाल मध्यपहाडी लोकमार्गको गलकोट रिघामा सडक माथिबाट खसेको पहिरोमा परेर गुडिरहेको ट्याक्सी  पुरिएको छ। दुर्घटनामा ट्याक्सी चालक घाइते भएको गलकोट नगरपालिका– ११ का वडा अध्यक्ष डम्बर श्रीसले जानकारी दिए। 

श्रीसका अनुसार ध १ ज ६५७ नम्बरको ट्याक्सीसँगै पहिरोमा पुरिएका चालक २८ वर्षीय थमन परियार सिसा फोडेर निस्केका थिए। उनको टाउको, घुँडा र पिड्युँमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। 

गलकोट नगरपालिका–११ काउछे भन्ने ठाउँमा सडकभन्दा १ सय ५० मिटर माथिबाट पहिरो खसेको हो। झण्डै १ सय मिटर सडक पहिरोले भासिएको छ। घटनास्थल साबिकको रिघा गाविस–६ मा पर्छ। घटना स्थलमा वडा अध्यक्षसँगै ईलाका प्रहरी कार्यालय गलकोट र प्रहरी चौकी खर्बाङको टोली पुगेको छ। 

उनलाई उद्धार गरेर उपचारको लागि हटिया पठाइएको प्रहरी चौकी खर्बाङका हबल्दार कमल भट्टराईले जानकारी दिए। पहिरो झरेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ। बुर्तिबाङदेखि बागलुङ हुँदै काठमाडांैसम्म आवतजावत गर्ने सवारी साधन र यात्रु सडकमै अलपत्र छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.