|

रसुवा : उत्तरगया गाउँपालिका–४ पहिरेबेसीमा पहिरोले घर बगाँउदा एक बालकसहित ४ जना बेपत्ता भएका छन्। अन्य ३ जना घाइते छन्।

पहिरोले घर बगाउँदा स्थानीय भक्तबहादुर थापामगर, उनकी बुहारी, नाती र घरमा काम गर्ने मान्छे बेपत्ता भएको रसुवाका प्रहरी सहायक निरीक्षक लालबहादुर आचार्यले जानकारी दिए। 

गएराति ९ बजे गएको पहिरोले भक्तबहादुरकोसहित ८ वटा घर बगाएको छ। अहिले घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार कार्य जारी राखेका छन्। अझै पहिरो जाने क्रम नरोकिएकोले उद्धारमा कठिनाइ भइरहेको प्रहरी सहायक निरीक्षक आचार्यले बताए।

पहिरेबेसीका ३० घर पहिरोको उच्च जोखिमा रहेको र त्यहाँका बासिन्दालाई तत्काल अन्यत्र सार्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.