|

काठमाडौं : सरकारले जनै पूर्णिमाको अवसर पारेर तराई-मधेसका २० जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको छ। पहाडी क्षेत्रका अधिकांश हिन्दूहरुले पूर्णिमाका दिन (आज) चन्द्रग्रहण परेकाले नाग पञ्चमीको दिन नै रक्षा बन्धन बाँधिसकेका छन्। तर, तराईका जिल्लाहरुमा त्यहाँका स्थानीय समुदायले आजै रक्षा बन्धन मनाउँदैछन्।

सोही अवसर पारेर सरकारले झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, धनुषा, महोत्तरी, उदयपुर, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिएको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

हेर्नुहोस् विज्ञप्ति :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.