|

गोरखा : धार्चे गाउँपालिका ६ काशिगाउँका एक किशोर भीरबाट लडेर खुट्टा भाँचिएपछि उपचारका लागि हेलिकोप्टर चार्टर्ड गरेर उपचारका लागि काभ्रेको बनेपा लगिएको छ। अपांगसमेत रहेका काशिगाउँका १८ वर्षका सुक्सिङ गुरुङलाई उपचारका लागि हेलिकोप्टर चार्टर्ड गरी बनेपा लगिएको हो। लाप्राकका इत्त गुरुङको आर्थिक सहायतामा हेलिकोप्टर चार्टर्ड गरेर उपचार गर्न गुरुङलाई बनेपा अस्पताल लगिएको वडा अध्यक्ष धनप्रसाद घलेले थाहा खबरलाई जानकारी दिए।

उनी गाउँकै चन्द्रदेवी निमाविमा पढ्न जाने क्रममा आइतबार भीरबाट लडेका थिए। उनी यसअघि, पनि वैशाखीको सहयोगमा भीरको बाटो जोमिख मोल्दै विद्यालय जान बाध्य थिए। उनी कक्षा तीनमा पढ्ने विद्यार्थी हुन्। ‘उनी लडेर घाइते भएको कुरा इत्तलाई जानकारी गराइयो’ वडाअध्यक्ष घलेले भने ‘आर्थिक अवस्था कमजोर भएको र गाउँमा स्वास्थ्य सेवा नभएकाले इत्तकै सहयोगमा आइतबार दिउँसो बजेतिर फिस्टेल एयरको हेलिकोप्टर चार्टर्ड गरी उपचार गर्न लगिएको हो।’

उनको अहिले बनेपा अस्पतालमा उपचार भइरहेको छ। काशिगाउँ सडक सञ्जालसमेत नजोडिएको गोरखाको उत्तरी दुर्गम गाउँ हो। यहाँ स्वास्थ्य चौकी भएपनि स्वास्थ्य सेवा भने पर्याप्त छैनन्। यहाँका मानिसहरु बिरामी भएर उपचारका गाउँको स्वास्थ्य सेवाले धान्दैन। ‘गाउँको स्वास्थ्य चौकीमा सेवा खासै केही छैन’ घलेले भने, ‘सामान्य प्राथमिक उपचारबाहेक केही हुँदैन। सुत्केरी भए पनि हेली अनि प्राथमिक उपचारबाहेक अरु जो बिरामी भए पनि हेलिकोप्टरकै भर पर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.