|

काठमाडाैं : विश्वमा आणविक हात हतियारको प्रतिबन्ध र शान्तिको  कामना गर्दै नेपाल र भारतका कलाकारले 'हिरोसिमा पिस मेमोरियल डे'को स्मरण गरेका छन्। लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा भएको कार्यक्रममा नेपाल र भारतका २५ बढी कलाकार सहभागी थिए। 

कार्यक्रममा ‘बसुधैव कुटुम्बकम’ को नारा सहित पिस फोरमले विश्व शान्ति झल्कने आर्ट क्याम्पको आयोजना गरेको थियो। ‘हिरोसिमा पिस मेमोरियल आर्ट क्याम्प २०१७’ नाम दिइएको उक्त कार्यक्रमको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व  कुलपति किरण मानन्धरले गरेका थिए। 

प्रत्येक वर्ष अगष्ट ६ तारिखमा गरिने उक्त कार्यक्रम यो पटक काठमाडौंस्थित बौद्धनाथ स्तुपा परिसरमा गरिएको थियो। कार्यक्रममा कवि विप्लव प्रतीकले शान्तिसम्बन्धी कविताबाचन गरेका थिए। विश्वमा शान्ति र सद्भावको सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष बासु गौतमले थाहाखबरलाई बताए। 

हरेक बर्ष बुद्ध जयन्तीका दिन लुम्बिनीमा लुम्बिनी आर्ट क्याम्प, लुम्बिनी विश्व शान्ति प्रदर्शनी, सद्भाव बर्ष, सद्भावका लागि क्रिकेट, लुम्बिनी शान्ति सम्मेलन जस्ता कार्यक्रम गर्दै आएको फोरमले यस बर्षदेखि प्रत्येक बर्ष अगष्ट ६ तारिखका दिन ‘हिरोसिमा पिस मेमोरियल आर्ट क्याम्प’ आयोजना शुरु गरेको गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.