|

काठमाडौं : जनै पूर्णिमाको अवसरमा सोमबार बिहानैदेखि ललितपुरको बंगलामुखीमा कुम्भेश्वर मेला भर्न आउनेहरुको घुइँचो लागेको छ। ताल, कुण्ड तथा पोखरीहरुमा स्नान गर्ने र जनै फेर्ने प्रचलन रहेको छ। यसपालिको पूर्णिमाका दिन चन्द्रग्रहण परेकोले ब्राह्मणण क्षेत्रीहरुले नाग मञ्चमीकै दिन जनै फेर्ने कार्य गरेका थिए।

आज बंगलामुखीमा झाक्री नाच पनि गरिन्छ। झाँक्रीहरु आ-आफ्नै परम्परागत भेषभुषामा सजिएर बजाउँदै नाच्दै नाच्ने गाउने पनि गर्दछन्, जुन दृश्य अत्यन्त मनमोहक हुने गरेको छ। आजको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुहरुको मन्त्र सिद्धी हुने विश्वास पनि रहेको छ। सोमबार बंगलामुखी मन्दिर परिसरमा देखिएका मनमोहक दृश्यहरुलाई थाहा खबरका फोटो पत्रकार दिपक केसीले यसरी क्यामेरामा कैद गरेका थिए। केही रमाइला दृश्य फोटोमै :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.