|

नवलपरासी : सुनवल नगरपालिका–७ मा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ।

नवलपरासी र रूपन्देही जिल्लाको सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षीय शमशेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ। 

मृतकको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी ल्याइएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.