|

पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभानमा मंगलबार राति भीषण पहिरोपछि आएको बाढीले १३ घरमा पूर्ण क्षति पुगेको छ। बाढीले रिभानका हुम्दी डाँडागाउँ र लाम्पाटाका १३ घर बस्न नमिल्ने गरी क्षति पुर्‍याएको स्थानीय देवीलाल गौतमले जानकारी दिए।

यद्यपी मानिसहरु भने सकुशल छन्। गाउँभन्दा माथि लेकमा रहेका गोठालाहरुले पहिरो गएको र चर्को आवाजका साथ बाढी बस्तीतिर जाँदै गरेको जानकारी गराएपछि सबैजना समयमै सुरक्षित स्थानतर्फ जान सफल भएका हुन्।

बाढीले चौपायाहरु बगाए पनि क्षतिको यकिन विवरण प्रप्त हुन सकेको छैन। बाढीले  हुम्दीमा रहेका २ वटा मोटरेवल पुल र बिजुलीका पोलहरुसमेत समेत बगाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र क्षतिको विवरण संकलन गरिरहेको स्थानीय बलराम गिरीले जानकारी दिए।

बाढीबाट बिस्थापित बनेकाहरु अहिले छिमेकी गाउँमा आश्रय लिएर बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.