|

रसुवा : उत्तरगया गाउँपालिका–४ पैरेबेंसीमा पहिरोमा परी हराइरहेका चारै जनाको शव फेला परेको छ। 

आइतबार राति बस्ती माथिबाट पहाड बगेर घर पुरिँदा हराइरहेका धर्मबहादुर थापामगरको शव मंगलबार साँझ फेला परेको हो। सुरक्षाकर्मीसहितको उद्धारकर्मीको टोलीले स्काभेटर प्रयोग गरी पहिरो पन्छाएर शव निकालेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाइँले जानकारी दिए। पहिरोमा परेका अन्य तीनजनाको शव सोमबार नै निकालिएको थियो। 

पहिरोमा परी धर्मबहादुरसहित उनकी बुहारी ३३ वर्षीया मुना, नाति चार वर्षीय रविन र उनीहरुको घरमा काम गर्ने सहयोगी ७८ वर्षका भक्तबहादुर नगरकोटीको मृत्यु भएको थियो। घाइते भएका चार जनाको भने स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

पहिरोपछि घर पुरिएका १५ परिवार र जोखिममा रहेका १२ परिवार गरी २७ परिवारलाई उद्धार गरी नुवाकोटको शान्तिबजारमा रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको आवासगृहमा स्थानान्तरण गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.