|

डडेल्धुरा : डडेल्धुरा जिल्ला सदरमुकामका स्थानीयवासिन्दा दूषित पानी पिउन बाध्य भएका छन्। जिल्ला सदरमुकामस्थित सडक छेउमा गाडिएका खानेपानीका नालाहरु उप्काइएसँगै सदरमुकाम क्षेत्रका वासिन्दा दूषित पानी पिउन बाध्य भएका हुन्।

शाखा सडक छेउका नालीहरुलाई व्यवस्थित पार्न नाली खोलिएपछि बजार क्षेत्रका प्रायः घरहरुमा धमिलो पानी गइरहेको स्थानीयहरुको गुनासो छ। सडक छेउमा रहेको नालीमा गाडिएका पाइप फुटेपछि खानेपानीका लाइनहरुमा सडक छेउको भल बगेर जान थालेको हो।

वर्षौंदेखि अस्तव्यस्त रुपमा रहेका नालीहरुलाई बर्खायाममा व्यवस्थित बनाउन अमरगढी नगरपालिका कार्यालयले पहल चाले पनि खानेपानीमा भने असर पुगेको छ। नालीलाई व्यवस्थित बनाउन अमरसिंह राजमार्ग, प्रशासन सडक, शिक्षा सडक लगायतका क्षेत्रमा कार्य थालनी गरेको हो।

तर, तिनै छेउमा रहेका अधिकांश होटल र घरपरिवारका खानेपानीका पाइपलाइनबाट दूषित पानी गइरहेको हो। अमरगढी नगरपालिकाले थालेको नाली खोल्ने काम सराहनीय भए पनि खलंगा खानेपानी उपभोक्ता समितिको लापरबाहीले भने यस्तो समस्या आएको उपभोक्ताहरुको गुनासो छ।

बर्खायामको समय भएकाले ठाउँ–ठाउँमा फुटेका खानेपानीका पाइपलाइनलाई सक्दो चाँडो व्यवस्थित बनाउन उनीहरुको आग्रहसमेत छ।

अधिकांश घरमा दूषित पानी गए पनि कतिपय घरहरुमा पानी नजाने समस्या छ। साथै खानेपानी समस्या समाधानका लागि सरोकारवालाहरुलाई आग्रहसमेत गरिएको छ। दूषित पानीका कारण स्वास्थ्यमा समस्या आउनसक्ने तर्फ चिकित्सकले सचेत गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.