|

काठमाडौं : व्यवस्थापिका संसदको बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको भ्रमणको औचित्यमाथि सांसद लक्ष्मण राजवंशीले प्रश्न उठाएका छन्। दुई छिमेकी भारत र चीनबीच द्वन्द्व बढिरहेका बेला हुन लागेको प्रधानमन्त्री देउवाको भ्रमणले राम्रो सन्देश नजाने भन्दै उनले अनुपयुक्त समयमा भ्रमण हुन लागेको बताएका हुन्। 

प्रधानमन्त्री देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्दैछन्। 'के यो भारत भ्रमण भ्रमणका लागि उपयुक्त समय हो?', राजवंशीले प्रश्न गरे, 'भारत र चीनका सेना एकआपसमा भिड्न खोजिरहेका बेला भारत जान पर्ने कारण के हो?'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.