कावासोती : नवलपरासीको कावासोतीमा मदिरा सेवन गरी दाउराले हानेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। कावासोती नगरपालिका १२ बस्ने वर्ष ४६ की उमा कुमारी सार्कीलाई उनका ५२ वर्षका श्रीमान् धन बहादुर सार्कीले शुक्रबार बिहान मदिरा सेवन गरी दाउराले हानेर मारेको प्रहरीले जानकारी दिएको छ। हत्यारालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।