|

काठमाडौं  : नेपालमा पहिलोपटक हाते मेसिनमार्फत मुटुको अवस्थाको परीक्षण गर्न सकिने भएको छ। मोबाइल डिभाइसबाटै मुटुको चेकजाँच प्रविधि अर्थात् कार्डियो ट्र्याक निकट भविष्यमै भित्र्याउने तयारी थालिएको कार्डियो ट्रयाक नेपालका अधिकारी सुवर्ण नेवारले जानकारी दिए। 

प्रविधिको परिचय दिने उद्येश्यले काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा कार्डियो ट्र्याक प्रविधिमार्फत दुर्गममा बस्ने व्यक्तिहरुले घरमै बसेर मुटुको अवस्था थाहा पाउन सकिने बताइएको थियो। 

मुटु चेकजाँचका लागि आवश्यक पर्ने प्रविधि बजारमा ल्याउने तयारी थालिएको नेवारले बताए। स्मार्ट फोनमार्फत मुटुको चेकजाँच गर्न मिल्ने भन्दै त्यसका लागि प्रिन्टर मेसिन, मोबाइल र कार्डियो ट्र्याक आवश्यक पर्ने बताइएको छ। यो प्रविधिको प्रयोग मेक्सीको, सिंगापुर लगायतका देशमा भएको छ। यो प्रविधि सस्तो र गुणस्तरीय रहेको बताइएको छ। 

मुटुको चेकजाँच रिपोर्टको नतिजा घरनजिकै रहेको स्वास्थ्य चौकीबाट प्राप्त गर्न सकिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.