|

काठमाडौं : अविरल वर्षाका कारण तराईका अधिकांश जिल्लामा डुबान भई जोखिम बढेपछि भारततर्फका सबै बाँध खोल्न सरकारले भारत सरकारलाई आग्रह गरेको छ। 

उपप्रधान तथा पराराष्ट्र मन्त्री कृष्णबहादुर महराले शनिबार दिउँसो भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई टेलिफोन गरी भारतीय सबै बाँध यथासीघ्र खोल्न आग्रह गरेको परराष्ट्रमन्त्री महराका स्वीकीय सचिव राहुल महराले जानकारी दिए।

परराष्ट्रमन्त्रीको टेलिफोनपछि राजदूत पुरीले उक्त सन्देश भारतमा पठाइसकेको जानकारी आएको स्वकीय सचिव महराले बताए।   

अविरल वर्षाका कारण मध्य पहाडी जिल्लाहरूमा पहिरोको जोखिम बढेको छ भने तराईका जिल्लाहरूमा बाढी र ढुबानले जनजीवन अस्तव्यस्त बनाएको छ। गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढीपहिरोबाट ३० जनाको मृत्यु भएको छ भने कयौँ हराइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.