|

पर्वत : बेनी–जोमसोम सडकखण्ड अन्‍तर्गत म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने घोप्टेभीरबाट खसेको ढुंगाले लागेर एक पर्यटकको मृत्यु भएको छ। मुस्ताङ भम्रण सकेर बेनीतर्फ फर्किँदै गर्दा धासाङ गाउँपालिका वडा नं. ४ बाट अगाडी बढ्दै गर्दा बेलायती नागरिक २२ वर्षीया करलोट कम्मा कथरिना फुलरटनको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ।

भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी उनको उद्धार गरी लेते स्वास्थ्य केन्द्रमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको घाँसा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक गोपाल बहादुर खत्रीले बताए। प्रहरीका अनुसार फुलरटन आफ्नो दाई र पथपदर्शकको साथमा भम्रणमा आएकी थिइन्।

यसैबीच, सोही घोप्टेभीर क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेर म्याग्दीको मंगला गाउँपालिका वडा नं. ५ का ४० वर्षका सवारी चालक दलबहादुर फगामी घाइते भएका छन्। सवारी चलाउँदै गर्दा अचानक माथिबाट ढुंगा खसेर फगामी घाइते भएका हुन्। उनलाई थप उपचारको लागि पोखरा लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.