|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हालै अलग भएको राप्रपा (प्रजातान्त्रिक) ले नयाँ दलको मान्यता पाउन केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको हस्ताक्षर बुझाउन सकेन।

निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको राप्रपा प्रजातान्त्रिकले आइतबारसम्म ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउनुपर्ने थियो। तर, आइतबारसम्म हस्ताक्षर बुझाउन नसकेपछि अध्यक्ष राणाले निर्वाचन आयोगमा पुगेर थप समय माग गरेका छन्।    

आइतबार दिउँसो १२ बजेतिर आयोग पुगेका राणाले सार्वजनिक विदा लगायतका कारणले हस्ताक्षर संकलनका लागि पर्याप्त समय नभएको भन्दै थप समय माग गरेका हुन्।

निर्वाचन आयोगका उपन्यायाधिवक्ता घनश्याम ओझाका अनुसार नयाँ दर्ता भएको पार्टीका अध्यक्ष स्वयं उपस्थित भएर म्याद थपका लागि समय लिएर गएका बताए। निर्वाचन आयोगले राणालाई थप ४ दिनको समय दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.