|
फाइल फोटो

काठमाडौं : गृहमन्त्री जनार्दन शर्मा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि पश्चिम क्षेत्रमा पुगेका छन्। यति एयरलाइन्सको विमान चार्टर गरी गृहमन्त्री शर्मा नेतृत्वको १९ जनाको टोली आइतबार बिहान सवा ९ बजे बाँकेतर्फ गएका हुन्। 

उनले बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा बाढी प्रभावित र पीडितसँग भेटघाट गर्दै उद्दारका लागि स्थानीय अधिकारीलाई निर्देशन दिएका छन्। उनले राप्ती किनारका बस्तीहरु, बर्दियाको बबई किनारका बस्ती र गुलरिया नगरपालिकाका प्रभावित क्षेत्रहरुको हवाई निरीक्षण गरे।

टोलीमा पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारु, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दीलिप रेग्मी, केन्द्रीय दैवी प्रकोप उद्दार समितिका सदस्य सचिव कृष्ण राउत लगायतको टोली बाँके पुगेको हो।

मौसम अनुकूल भएमा पूर्वका बाढी प्रभावित क्षेत्रको पनि निरीक्षण गर्ने गृहमन्त्रीको योजना रहेको उनको सचिवालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.