|

सिन्धुली : बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट नेपालथोक सडक खण्डको रिठ्ठेभीर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

काठमाडौंबाट धनुषातर्फ जाँदै गरेको बा ४८ प ५६४६ नम्बरको मोटरसाइकलमा सवार धनुषाका २६ वर्षीय प्रदीप दुलालको तीव्र गतिका कारण दुर्घटना भएर मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए।

सडक छेउमा रहेको पिल्लर (बार) मा ठोक्किएर दुलाल सडकबाट ३५ मिटर तल खसेका थिए। मोटरसाइकल सडकमा नै रहेको प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल ठोक्किदा दुलाल उछिट्टिएका प्रहरीको भनाइ छ। सडकबाट ३५ मिटर तल खसेका दुलाललाई प्रहरीले उद्दार गरी थप उपचारका लागि धुलिखेल तर्फ लगे पनि उनको बाटोमै मृत्यु भएको हो।

खोलाले बगाएका खत्रीको उद्दार  

लगातारको वर्षापछि आएको बाढीले बगाएका कमलामाई नगरपालिका–२ चियाबारीका दीपबहादुर खत्रीलाई जीवितै उद्दार गरिएको छ। खत्रीलाई ग्वाङखोलाले बगाए पनि स्थानीयहरुले देखेपछि झण्डै १ सय मिटर तलबाट उनलाई सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ।

ग्वाङखोलामा आएको बाढीले खोला तर्ने क्रममा खत्रीलाई बगाएको देखेपछि जिल्ला समन्वय समिति सदस्य सिबी बुढाथोकी सन्तोषसहितको टोलीले उद्दार गरेको हो। घाइते अवस्थामा रहेका खत्रीको सिन्धुलीमाडीस्थित मोर्डन एपोलो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.