|

  • सौगात श्रेष्ठ-

बर्दिया : केही दिनदेखि परेको अविरल वर्षासँगै बबई नदी र आसपासका खोलाहरुमा आएको भीषण बाढीका कारण बर्दियामा २ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।

आइतबार दिउँसो घर फर्कंदै गर्दा खोला तर्ने क्रममा ठाकुरबाबा नगरपालिका-५ खुनपुरका ६० वर्षीय गोविन्द थारुको खोलामा डुबेर र बाढीका कारण घरको भित्ता भत्किँदा ठाकुरबाबा नगरपालिका-२ सतघरुवाकी ७० वर्षीया साउनी थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।उता, शुक्रबार बबई नदीमा दाउरा झिक्ने क्रममा बारबर्दिया नगरपालिका-१० का २९ वर्षीय राजेन्द्र थारु बेपत्ता भएका थिए उनको अवस्था अझै अज्ञात छ।

बबई नदीको बाढी सदरमुकाम गुलरियामा पसेपछी गुलरीया बजार सहित बालापुर, सूर्यगौडी, इन्द्रपुर, टँडुवा, कोठिया, भादा, खैरापुर, पण्डीतपुर लगायतका गाउँ डुवानमा परेका छन्। बारबर्दिया-४, रानीपुर सदरमुकाम गुलरीयाको जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालयपरिसर, कृष्णसार संरक्षित क्षेत्र पनि जलमग्न भएको छ।

बबई नदी र आसपासका खोलामा आएको बाढीका कारण हजारौँ घरपरिवार विस्थापित भएका छन्। बाढीबाट विस्थापित भएकाहरु स्थानिय विद्यालय, संघ संस्थामा आश्रय लिएर बसेको जिल्ला प्रसासन कार्यालयले जनाएको छ। बाढीमा फसेकाहरुलाई नेपाली सेना, प्रहरी र स्थानियबासीले उद्धार गरेर सुरक्षित स्थानमा लगेका थिए।

आईतबार बिहान बबई नदीको सतह बढेर १० मिटर पुगेको थियो। बाढीका कारण गुलरीया, भुरीगाउँ, बाँसगढी, मगरागढी, ठाकुरद्वारा लगायतका मुख्य बजार पनि जलमग्न भएका छन। बाढीका कारण सदरमुकाम देखी नेपालगञ्ज र भुरीगाउँ देखी गुलरिया जोडने हुलाकी सडक समेत अवरुद्ध भएको छ।

बाढीले ठाकुरबाबा नगरपालिकाको आम्वासा, भुरीगाउँ बजार, रानीपुर, नेउलापुर, बगनाह, मिर्चैया, ठाकुरद्धारा, सूर्यपटुवा, बारबर्दिया नगरपालिका पदनाहा, घोरपिट्टा, रानीपुर, धधवार, मगरागाडी र बाँसगढी, राजापुर नगरपालिका लगायतका बस्तीका हजारौं स्थानीयहरु विस्थापित भएका छन।

प्राप्त जानकारीअनुसार बर्दियामा अहिलेसम्म २ हजार १ सय ७३ घर पुर्ण रुपमा क्षती भएको छ भने ८ हजार ९ सय ६२ घर आंशिक रुपमा क्षती भएको छ। बाढीका कारण १३ हजार घरपरीवारका ७५ हजार जनसंख्या प्रभावित भएका छन। सदरमुकाम गुलरियामा सबैभन्दा धेरै विस्थापित भएको आपतकालिन कार्य सञ्‍चालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीले जनाएका छन्।

केही तस्बिर झलक:

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.