|

कलैया : बाराको पचरौता गाउँपालिका–८ बलधुशवा रामजानकी वृद्धाश्रममा बस्दै आएका ७० वर्षीय ब्रह्मदेव महतोको शव स्थानीय खोलामा फेला परेको छ।वृद्धाश्रमबाट तीन दिनअघि हराएका उनको मृत्यु खोलाले बगाएर भएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए। 

यसअघि बारामा बाढीका कारण दुई जनाको मृत्यु भइसकेको छ। सिम्रौनगढ नगरपालिका–८ कचोर्वा टोल निवासी ३५ वर्षिया गहनीदेवी पाशवान र महागढीमाई नगरपालिका–१ निवासी १२ वर्षीय महफुज आलमको मृत्यु भएको घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.